काठमाडौँ । आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको संयुक्त आयोजनामा सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सुरू भएको छ । देशभर डिजिटल प्रविधि प्रयोग र सचेतना फैलाउने उद्देश्यले सातै प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम ‘आइसिटी ज्ञान’ सुरू गरिएको हो । कार्यक्रममा विद्यालयका, महिला समूह, कृषि व्यवसायी, युवा उद्यमी र स्थानीय सरकारका प्रतिनिधिलाई लक्षित गरी डिजिटल सीप र प्रविधि उपयोगका विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।
यसअन्तर्गत कोसी र मधेस प्रदेशमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कोसी र मधेसको डिजिटल साक्षरता कार्यक्रममा ५०० बढीको सहभागिता रहेको थियो । एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले आइसिटी ज्ञान पहलले डिजिटल रूपान्तरणको युगमा सचेतना जगाउने र डिजिटल खाडललाई अन्त्य गर्न पुलको काम गर्ने बताइन् ।
प्रतिक्रिया