पूर्वराजाका समर्थकको विरोध कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन अनुरोध

काठमाडौं । ‘जवाफदेहिता निगरानी समिति’ले कुनै पनि विरोध कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन अनुरोध गरेको छ ।

समितिका संयोजक राजुप्रसाद चापागाईंद्वारा आज जारी प्रेस विज्ञप्तिमा कुनै पनि व्यक्ति, संस्था र दलले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्नु, आफ्ना माग र अभिव्यक्ति राख्न पाउनु संविधानप्रदत्त अधिकार भएको उल्लेख गर्दै सो अनुरोध गरिएको हो ।

विज्ञप्तिमा विरोधलाई शान्तिपूर्ण बनाउन, संयमित रहन, कुनै किसिमको हिंसा भड्कन नदिन सार्वजनिक आह्वान गर्नुपर्ने, समाजमा उत्तेजना र मुठभेड निम्त्याउने अभिव्यक्ति दिन नहुने जनाइएको छ ।

समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजाका समर्थकहरूले गणतन्त्र दिवसका दिन जेठ १५ गते गर्न लागेको विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन समेत आग्रह गरेको हो ।

प्रतिक्रिया