फिदिम नगरपालिकाको कृषि औजारमा ३ करोडभन्दा बढी लगानी

पाँचथर । जिल्लाको एक मात्र फिदिम नगरपालिकाले नागरिकहरुको जीवन रुपान्तरण र आर्थिकमा पहुँच बनाउन कृषि औजारमा ३ करोड ६० लाख बराबर रुपैयाँ लगानी गरेको छ ।

नगरपालिकाले कृषि औजार खरिद गर्दा पाँचवटा ठेक्का, ई–बिडिङ व्यवस्थापन गरेर १८१ थान मिनिटिलर, १६० थान च्याप्टर, ५४४ थान टनेल, ६५ थान पानी पोखरी, १५८ थान राइस मिल, ११ थान मकै छोडाउने मेसिन, २ थान उखु मिल, ४० थान स्प्रेयर, १४० थान मिल्क क्यान, ४ थान मिल्कजनालाईजर र २० थान ५०० लिटरको वाटर ट्याकसमेत खरिद गरिसकिएको पत्रकार माझ नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

सो औजार वितरण प्रक्रिया बढाउन वडाको सिफारिसमा हुने प्रमुख काफ्लेको भनाई छ । उनले सो सामग्री वडागत बजेटबाट खरिद भएको हो । औजार वडामा पठाइने काफ्ले ले जानकारी दिए । प्रमुख काफ्लेका अनुसार उक्त औजार खरिद गर्दा विद्युतीय खरिद प्रणालीलाई अपनाएर प्राविधिक लागत ५२ लाख ५ हजार ९८५ रुपैयाँ बचत भएको बताए ।

नगरपालिकाले ५ वटा सेवा केन्द्रबाट नगरभित्र गाइ–भैँसीमा निःशुल्क कृतिम गर्भाधान कार्यक्रम विगत तीन वर्षदेखि सञ्चालन गरिरहेको प्रमुख काफ्लेले बताए । पशु नश्ल सुधारबाट अब २० हजार लिटरबाट दूध उत्पादन बढाएर ५० हजार लिटर उत्पादनमा लैजाने लक्ष्य लिइएको नगरपालिकाका प्रमुख काफ्लेले बताए ।

प्रतिक्रिया