प्राज्ञिक कोषको लागि लिम्बुवान अध्ययन केन्द्रलाई १ करोड सहयोग

ताप्लेजुङ । प्राज्ञिक कोष स्थापनाको लागि विष्नुदत्त–स्वरस्वती कार्की आङबुहाङले लिम्बुवान अध्ययन केन्द्रलाई १ करोड रुपैयाँ सहयोग गरेका छन् । खोजकर्ता, अन्वेषणकर्ता एवम अध्ययन–अनुसन्धान गर्न चाहानेहरुलाई सहज होस भन्ने उद्देश्यले उक्त रकम विष्नुदत्त–स्वरस्वतीले सहयोग गरेका हुन् ।

लिम्बुवान अध्ययन केन्द्रले आयोजनामा भएको एक कार्यक्रमकाबीच याक्थुङ मुन्धुम, संस्कार, संस्कृति अभियान्ता विष्नुदत्त आङबुहाङले अध्ययन केन्द्रका अध्यक्ष भगीराज इङनामलाई हस्तातन्तण गरेका हुन् ।

उक्त कार्यक्रममा प्रज्ञा प्रतिष्ठाका पुर्वकुलपति तिलविक्रम नेम्बाङ (बैराँगी काइला) प्रमुख अतिथि रहेका थिए । ताप्लेजुङ तापेजोङ हाङपाङ (राजा बस्ने गाउँ–ठाउँ) निवासी विष्नुदत्त–स्वरस्वती हाल क्यानाडाको ग्यालगेरीमा बस्दै आएका छन् ।

प्रतिक्रिया