निर्देशक दिपेशको ‘तिम्रा लागि रुने मन’ सार्वजनिक हुने तयारीमा

काठमाडौं । निर्देशक दिपेश एसकेको लेखन, निर्देशन र अभिनय रहेको नयाँ आधुनिक गीत ‘तिम्रा लागि रुने मन’को भिडियो केही दिनमा दर्शकमाझ आउने भएको छ ।

गायक प्रमोद खरेलको सुमधुर स्वर, उत्तम रावतको शब्द, संगीत, झलक संगीतमको एरेन्ज र मिक्सिङ रहेको गीतको सम्पूर्ण ध्वनी सम्पादन आलाप रेकर्डिङ स्टुडियोमा गरिएको निर्देशक दिपेशले बताए । उक्त भिडियोमा निर्देशक तथा मोडल आफैँ दिपेश एसके, किरण साङ्बो र सबिना लो तामाङको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई टेकेन्द्र साहले सम्पादन तथा कलर गरेका छन् । गीतको लेखन, निर्देशन र मुख्य अभिनय निर्देशक दिपेश एसके आफैँले गरेका छन् । उनले यस गीतले प्रेम, विछोड र भावनात्मक अवस्थालाई चित्रण गर्ने प्रयास गरेको छ, जसले धेरै दर्शकको मन छुने विश्वास लिएको बताए ।

सार्वजनिक हुने तयारीमा रहेको उक्त गीतले नेपाली गीतसंगीत क्षेत्रमा नयाँ तरंग ल्याउनेमा आफु विश्वस्त रहेको निर्देशक, मोडल दिपेशको भनाइ छ ।

प्रतिक्रिया