कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका– ७ अम्रसा जंगलस्थित भित्री बाटोमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका– ७ चोरमारा बस्ने वर्ष २४ का नविन कुमाल र सोही स्थान बस्ने वर्ष २२ का रादिम मिधुन रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
मध्यविन्दुको अम्रसाबाट चोरमारातर्फ आउँदै गरेको लु ९ प ८११६ नम्बरको होण्डा साइन मोटरसाइकल बाटो चिप्लो भएका कारण चालकले नियन्त्रण गुमाइ दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका– ५ घर भई मध्यविन्दु नगरपालिका– ७ चोरमारामा टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने वर्ष २८ का मनिष घर्ती मगर गम्भीर घाइते भएको र उनलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
नवलपुर (पूर्वी नवलपरासी)
प्रतिक्रिया