काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेश बाँके जिल्लाको कोहलपुर नगरपालिका–११ लाई शवदाहगृह निर्माणका लागि आवश्यक सहयोगस्वरूप ७० हजार रुपैयाँबराबरको निर्माण सामग्री (ब्लकहरू र सिमेन्टहरू) प्रदान गरेकोे छ ।
कोहलपुर नगरपालिका–११ स्थित दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन यस शवदाहगृहले स्थानीय बासिन्दालाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ र वातावरणमैत्री विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ ।
संस्थामा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सामाजिक कार्यका लागि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी महसुस भएको कुरा व्यक्त गरे ।
प्रतिक्रिया