डिफेन्डिङ च्याम्पियन नङ्शल र सम्झना प्रिक्वार्टरफाइनलमा

काठमाडौ, २३ चैत । डिफेन्डिङ च्याम्पियन नङ्शलदेवी तामाङ र एपीएफ क्लबकी सम्झना खालिङ लि निङ ३६ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

हल्चोकस्थित सशस्त्र प्रहरीबलको मुख्यालयमा बिहीबार भएको खेलमा नङ्शलले भोजपुरकी सकिला तामाङलाई २१–७ र २१–६ तथा सम्झनाले काठमाडौंकी रक्षिता खत्रीलाई २१–६ र २१–३ को सोझो सेटमा पराजित गरे ।
महिला एकलकै अन्य खेलमा झापाकी अमिता गिरीले नेपाल प्रहरी क्लबकी सोभा गौतमलाई २१–४ र २१–१५, नवलपरासीकी बिन्दु श्रेष्ठले बैतडीकी निलु कोइरालालाई २१–४ र २१–३, एपीएफकी शिक्षा श्रेष्ठले बाँकेकी समन इक्बाल सिद्धिकीलाई २१–४ र २१–२, कास्कीकी प्रतिभा गुरुङले कैलालीकी दुर्गाकुमारी भण्डारीलाई १४–२१, २१–१६ र २२–२० ले पराजित गरे । नेपाल आर्मी क्लबकी श्रेया प्रधानले मोरङकी इलु भट्टराईलाई २१–६ र २१–६, काठमाडौंकी निरु श्रेष्ठले महोत्तरीकी वर्षा भुजेललाई २१–४ र २१–३, झापाकी दिलु सुब्बाले सुनसरीकी राधा लिम्बूलाई २१–८ र २१–१६, कास्की पुनम गुरुङले महोत्तरीकी नमु महर्जनलाई २१–५ र २१–३, झापाकी सुजा राईले डोटीकी प्रतिभा कोइरालालाई २१–७ र २१–८ तथा एपीएफकी सविना पन्थीले काभ्रेकी जमुना बस्याललाई २१–७ र २१–१० ले हराउँदै अन्तिम सोह्रमा स्थान पक्का गरे ।
पुरुष एकलमा साविक विजेता भोजपुरका विकास श्रेष्ठ, प्रहरीका भीम थापा, कैलालीका सहदेव खड्का, एपीएफका जोसेफ अधिकारी, भोजपुरका विशाल तामाङ, झापाका दीपक घिमिरे र एपीएफका इन्द्र महतोले बिहीबार भएको खेलमा जित हात पारे । एपीएफका सुदीप सेढाईं, आर्मीका राम राई, ललितपुरका सुनील बाराही, मोरङका डिल्लीराम डाँगी, आर्मीका दीपेश धामी, कास्कीका भूगोल गुरुङ, काठमाडौंका निरञ्जन देवकोटा र प्रहरीका सञ्जीव खड्का पनि विजयी भए ।
पुरुष युगलमा एपीएफका पंकज चन्द र इन्द्र महतो, नुवाकोटका रवीन्द्र भुजेल र कृष्ण राई, काठमाडौंका तीर्थ मल्ल र पूर्ण थापा, ललितपुरका श्रवन ताम्राकार र सिर्जन ताम्राकार, आर्मीका दीपेश धामी र सुरोज महर्जनले बिहीबार भएको खेलमा जित हात पारे । पाल्पाका वसन्त र महेश वज्राचार्य, सुनसरीका धनबहादुर लिम्बू र प्रकाश लिम्बू, प्रहरीका विष्णु कट्वाल र दीपक बोहोरा, काठमाडौंका धन लामा र रोजश तिवारी, गुल्मीका पदक राणा र महेश श्रेष्ठ पनि विजयी भए ।

प्रतिक्रिया