बिहीबार विद्युत काटिएको विषयमा के भन्छ प्राधिकरण ?

काठमाडौं । विद्युत वितरणमा समस्या देखिएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भार तथा वितरण प्रणालीको निरीक्षण गरेका छन् ।

हिजो बिहीबार साँझ तीन पटकसम्म प्रसारण अवरुद्ध भएको थियो । यसलाई गम्भीरतापूर्वक लिइएको प्राधिरकरणको भनाइ छ । प्राधिरकरणले बिहीबार बेलुका करिब १७ः३५ बजे देखि २०ः०० बजे सम्म देशको अधिकाशं स्थानको विद्युत आपुर्तिमा देखिएको समस्यालाई नेपाल विद्युत प्राधिकरणले गम्भीर रुपमा लिएको जनाएको छ ।

ढल्केवर आसपासको क्षेत्रमा अति उच्च वेगका साथ चलेको हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४०० केभि डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ देखिएको समस्याका कारण नेपालमा सो लाइन मार्फत आपुर्ति हुदै आएको विद्युत अचानक अवरुद्ध हुन पुगेको प्राधिरकरणले उल्लेख गरेको छ ।

दुवै सिर्किटमा आएको समस्या तत्काल समाधान नभएकोले नेपालको मात्र प्रणाली सञ्चालन गरि विद्युत आपुर्ति व्यवस्था मिलाउन प्रयास गरिएको तर वेलुकाको समयमा बढेर आउने लोडको कारण स्थिर आपुर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको बताइएको छ ।

रक्सौल( परवानीपुर, मैनैया सम्पतिया, कुशहवा कटैया १३२ केभि लाइनहरु मार्फत नेपाल तर्फको विद्युत गृहहरु संचालन गरि आपुर्ति व्यवस्था मिलाउन प्रयास गरिएको प्राधिरकरणले जनाएको छ ।

प्रतिक्रिया