काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मधेस प्रदेश धनुषा जिल्लाको जनकपुरधाम गाउँपालिका–४ अवस्थित श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखाहरू सहयोग प्रदान गरेकोे छ । यस विद्यालयमा करिब १ हजार बालबालिकाहरू अध्ययन गर्दै आइरहेका छन् र अध्ययनरत विद्यार्थीहरूको पठनपाठनमा सहजता होस् भन्ने हेतुले बैंकले सो सहयोग प्रदान गरेको हो ।
विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप पंखाहरू हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो सहयोगले विद्यार्थीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग प्रदान गर्न पाउँदा आफू हर्षित भएको उनले बताए ।
प्रतिक्रिया