काठमाडौं । पाकिस्तानसँग तनाव भइरहेको बेला भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने बताएका छन् । इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशंकरले यो भनाइ राखेएका हुन् ।
भारत–इरान मैत्री सन्धिको ७५औँ वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अरघची भारत भ्रमणमा छन् । जयशंकरले ‘एक्स’ मा पोस्ट गरेर यसबारे जानकारी दिए ।
अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणको बारेमा इरानी विदेशमन्त्रीलाई जानकारी दिँदै उनले भने, ‘यो आक्रमणले हामीलाई सीमापार आक्रमण गर्न बाध्य बनायो ।’
भारतीय विदेशमन्त्रीले भने कि २२ अप्रिलमा पहलगाम आक्रमणपछि, भारतले मे ७ मा आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गर्दै सीमापार आक्रमण गर्यो ।
जयशंकरले भने, ‘हामी तनाव बढाउन चाहँदैनौँ, तर यदि हामी विरुद्ध सैन्य कारबाही गरियो भने, हामी धेरै कडा प्रतिक्रिया दिने छौँ भन्नेमा कुनै शंका छैन ।’
जयशंकरले इरानी विदेशमन्त्री अराघचीलाई भने, ‘एक छिमेकी र नजिकको साझेदारको रूपमा, तपाईं परिस्थितिको बारेमा राम्ररी जानकार हुनु महत्त्वपूर्ण छ ।’
प्रतिक्रिया