रेशम चौधरी पक्राउ परेसँगै नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ । पार्टीका संरक्षक रेशम चौधरी बुधबार पक्राउ परेसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी बाहिरिने भएको हो ।

सो पार्टीकी अध्यक्षसमेत रहेकी सांसद रन्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिन लागेको जानकारी दिइन् । नाउपाका अरुणकुमार चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।

आफ्नो पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा सरकारबाट बाहिरिन लागेको हो । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज प्रज्ञा भवनमा एकता हुने कार्यक्रम तय गरिएको थियो । सोही कार्यक्रममा पुगेका पार्टी संरक्ष चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया