पुरस्कार वितरण

काठमाडौं : पर्वतीय खेल महोत्सवअन्तर्गत रेसमान्डु र पोखरा जोमसोम मोटरसाइकल र्‍यालीका विजेतालाई आइतबार पुरस्कार प्रदान गरिएको छ ।
नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसन नासाको आयोजनामा भएको २६ र २७ फागुनमा जोमसोम र्‍याली भएको थियो । ललितपुरको सातदोबाटोमा भएको रेसमान्डुमा समूह ‘ए’मा निखिल ठकुरी पहिलो भएका थिए भने स्वर्ण खड्का दोस्रो र विप्लव श्रेष्ठ तेस्रो भएका थिए । त्यस्तै समूह ‘बी’तर्फ सोमर मानन्धर पहिलो हँुदा सेन विल्सन मोक्तान दोस्रो र सुजित ताम्राकार तेस्रो भएका थिए । प्रतियोगितामा पहिलो भएका ठकुरी र मानन्धरले समान २०–२० हजार रुपियाँ हात पारे भने दोस्रो भएका खड्का र मोक्तानले समान १०–१० हजार रुपियाँ पाए । त्यस्तै तेस्रो भएका श्रेष्ठ र ताम्राकारले समान पाँच –पाँच हजार पाए ।
उता पोखरादेखि जोमसोमसम्म भएको रोयल इन्फिल्ड मोटरसाइकल र्‍यालीमा नविन केसी पहिलो भएका थिए । उनले ४४ हजार ४ सय ४४ रुपियाँ हात पारे भने दोस्रो भएका सञ्जित श्रेष्ठ र मनीषा थापाको टिमले २२ हजार २ सय २२ रुपियाँ पाए । त्यस्तै तेस्रो भएका आशिक गुरुङ र प्रभेष शेरचनले ११ हजार १ सय ११ रुपियाँ प्राप्त गरे । विजयी खेलाडीलाई एक समारोहबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य मुकुन्द पहारीलगायतले पुरस्कार वितरण गरे । (सौस)

प्रतिक्रिया