हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं । काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीन पटक परिक्रमा गराएपछि जात्रा सम्पन्न भएको हो ।

यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ । टुँडालदेवी खटजात्राबारे प्रख्यात कथन अनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी बताइन्छ ।

यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने कथन छ । जुनबेला हराएको गहना नै प्रत्येक वर्ष यसरी नै खोज्ने गरिएको भनाइ छ ।

प्रतिक्रिया