भारतीय नक्कली नोट बरामद

काठमाडौं : प्रहरीले बल्खुस्थित बसस्टप नजिकैबाट शनिबार बिहान सवा पाँच लाख नक्कली भारतीय रुपियाँ फेला पारेको छ । बस रोक्ने ठाउँनजिकै शंकास्पद रूपमा दुई झोला फालिएको अवस्थामा सर्वसाधारणले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले झोला खोल्दा मिलाएर राखेको अवस्थामा पाँच सय दरका ४ सय ११ थान र हजार दरका तीन सय ९ थान नक्कली भारतीय रुपियाँ भेटिएको थियो । भेटिएको नक्कली नोटको परिमाण पाँच लाख १४ हजार पाँच सय रहेको प्रहरीले जनाएको छ । (सौस)

प्रतिक्रिया