नेपाल उद्योग परिसंघद्वारा म्यानमार भूकम्प प्रभावितलाई राहत प्रदान

काठमाडौं । नेपाल उद्योग परिसंघले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितलाई राहत सामग्री उपलब्ध गराएको छ । परिसंघले उक्त सामग्री नेपाल सरकारमार्फत म्यानमारलाई उपलब्ध गराएको हो ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई ती राहत सामग्री हस्तान्तरण गरेका हुन् । परिसंघले चामल, दाल, चिउरा, चाउचाउ, बिस्कुटलगायत खाद्य सामग्री उपलब्ध गराएको हो ।

सो अवसरमा परराष्ट्रसचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालयका उच्च अधिकारीहरू, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।

प्रतिक्रिया