काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४ दशमलव ४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशत आर्थिक वृद्धि भएको नेपालको अर्थतन्त्रमा सुधार हुँदै जाँदा आर्थिक क्षेत्रमा सुधार हुने उल्लेख गरेको हो ।
गत आर्थिक वर्ष नेपालमा जलविद्युत् उत्पादनमा वृद्धि, गहुँ उत्पादन र सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्रमा सुधार हुँदै गएको एडीबीले जनाएको छ । मुद्रास्फीति गत वर्षको तुलनामा वृद्धिदर कम हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा ५ दशमलव ४ प्रतिशतमा रहेकोमा २०२५ मा ५ दशमलव २ प्रतिशत रहेको छ ।
प्रतिक्रिया