तनहुँ । जिल्लाको डुम्रे–बेसीसहर सडक खण्डमा आज बस दुर्घटना हुँदा २० जना यात्रु भएका छन् । तनहुँको डुम्रे बजारदेखि लमजुङको बेसीसहरतर्फ जाँदै गरेको ग १ ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१ मोहरिया अनियन्त्रित भई पल्टिएको हो ।
प्रहरीका अनुसार घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य बाँकी १६ जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ ।
घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । ‘गाडी साहु र चालकको खोजी भइरहेको छ’, उनले भने, ‘कालिका बस व्यवसायी समितिबाट सञ्चालित बस भएको पुष्टि भएको छ ।’
प्रतिक्रिया