बागलुङ । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग १ ज ६१०० नम्बरको पिकअप दुर्घटना हुँदा गलकोट– ११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो ।
दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ को अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
पिकअपमा चार जना सवार रहेको उनको भनाइ छ । घाइते तीन जनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए । चैते दसैँ मेलाका लागि कोटमैदान जाँदै गर्दा पिकअप दुर्घटनामा परेको उनले बताए ।
प्रतिक्रिया