आठबिसकोट नापी कार्यालयको डिजिटल बोर्डमा ‘आई लभ यु प्रमिला’ लेखेपछि…

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ९ राडीबजारस्थित नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ । नापी कायर्यालयको डिजिटल बोर्ड ह्याक गरेर बोर्डमा ‘i love u parmila, i really love you’ लेखिएको छ ।

आईतबार बिहानै कार्यालयको बोर्डमा ‘i love u parmila, i really love you’ लेखिएको पाइएको आठबिसकोट नगरपालिकाका मेयर रवि केसीले जानकारी दिए । उनका अनुसार कार्यालयको डिजिटल बोर्डबाट ह्याकरले नापी कार्यालयको नाम हटाएको छ ।

नापी कार्यालयका प्रमुख मन आग्रीले आफू कार्यालय बाहिर भएकाले बोर्ड ह्याक भएको जानकारी पाएको र यसबारे आफूलाई थाहा नभएको बताए । नगरपालिकाका अनुसार ह्याक भएको विषयमाअनुसन्धान भइरहेको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया