एक्लोपनले सिर्जनशील बनाउने

childfloतपाईं आफ्ना बच्चालाई ‘बोरिङ’ अनुभूति नहोस् भनेर उसलाई खुसी राख्ने हरसम्भव प्रयास गर्नुहुन्छ । तर, बोरिङ वातावरण भोगेका बच्चाको सिर्जनशील क्षमता अन्यको तुलनामा बढी हुने वैज्ञानिकहरूले बताएका छन् ।
शिक्षाविशेषज्ञ डा. टेरेसा बेल्टेनले बच्चालाई लगातार खेल वा कुनै रमाइलो काममा सक्रिय राख्नु उसको कल्पनाशीलताको विकासमा अवरोध पुर्‍याउनु रहेको उल्लेख गरिन् । लेखिका मिरा सयालले बोरिङ वातावरणले नै आफूलाई लेख्न प्रेरित गरेको बताउँदा कलाकार गेरिसन पेरीले बोरिङ अनुभूति हुनु आफैँमा सिर्जनशील हुने दाबी गरे ।
‘एक्लोपनले मान्छेलाई बोर बनाउँछ । सयालले आफ्नो बाल्यकालको थुप्रै समय झ्यालमा बसेर बाहिर देखिने खेततिर टोल्हाउँदै बिताइन्, जसले उनीभित्र लेखन सिर्जनशीलता जगाउन मद्दत गरेको हो,’ टेरेसाले भनिन् । ब्रिटेनको युनिभर्सिटी अफ इस्ट अंगेलिकाज स्कुल अफ एजुकेसनकी वरिष्ट शोधकर्ता टेरेसा बोरिङ वातावरणको प्रभावबारेको आफ्नो अध्ययनमा विभिन्न कलाकार, वैज्ञानिक तथा लेखकहरूको अन्तर्वार्ता समेटिरहेकी छन् । हास्य अभिनेत्रीबाट लेखक बनेकी पेरीले प्रस्ट्याइन्– ‘खाली पानामा पोखिने एक्लोपन साह्रै अद्भुत हुन्छ, त्यसैले बालबालिकाले मात्र होइन, ठूला मान्छेले पनि यस्तो फिलिङ गर्न सक्नुपर्छ ।’ सिर्जनशीलताका लागि बोरिङ परिस्थितिबाट मनमा प्रेरणा जाग्न जरुरी रहेको उनले खुलाइन् । तर, कति बच्चा एक्लोपनबाट उत्पन्न हुने सिर्जनशीलतालाई खाली दिमागमा भर्न सक्दैनन्, तिनीहरूका लागि भने बोरिङ अवस्था फाइदाकर नहुने टेरेसा बताउँछिन् । (एजेन्सी)

प्रतिक्रिया