राप्रपाले तिर्यो काठमाडौं महानगरलाई एक लाख जरिवाना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई रु एक लाख रुपैयाँ जरिवाना तिरेको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा उनको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्याएको भन्दै काठमाडौं महानगरले राप्रपालाई एक लाख जरिवाना तिर्न पत्र पठाएको थियो ।

सोही अनुसार राप्रपाका संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले महानगरको खातामा एक लाख रुपैयाँ महानगरको खातामा दाखिला गरेको जानकारी दिए ।

शाहीले भने, ‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ राजाको स्वागतमा आएका लाखौँ आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ, एक लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौँ ।’

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फिर्ता हुँदा स्वागतका लागि राप्रपासहितका राजावादीहरुले काठमाडौंमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया