काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संविधान र गणतन्त्रको रक्षाका गर्न काठमाडौंमा बृहत् प्रदर्शन गर्ने निर्णय गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले आधारभूत विचार मिल्ने गणतन्त्र पक्षधरहरूको प्रदर्शन गर्ने निर्णय गरेको हो ।
बैठकको मिति भने मंगलबार अपराह्न ४ बजे बस्ने पदाधिकारी बैठकले तय गर्ने माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकमा आइतबार काठमाडौंमा राजावादीहरुले गरेको प्रदर्शनबारे समीक्षा भएको उनले बताए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीको अगुवाइमा नै गणतन्त्र आएकाले रक्षा गर्ने काम पनि माओवादीकै भएको बताएका थिए । उनले राजावादीहरूको आइतबारको कार्यक्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर पनि प्रदर्शन भएको विषय गम्भीर चिन्ताको विषय भएको बताएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आएका थिए । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा रहेका छन् । यसअघिको बैठकमा समाजवादी मोर्चाले चैत २४ गते सरकारविरुद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको थियो ।
सोमबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पछिल्लो समय हिन्दुवादी, राजावादी सक्रियताले देशको परिस्थिति गम्भीर रहेको निष्कर्ष निकालेको थियो । यस विषयमा माओवादीले वर्तमान सरकार दोषी रहेको पनि निस्कर्ष निकालेको थियो ।
प्रतिक्रिया