रवि लामिछाने एक करोड धरौटी खारेजीको माग गर्दै बुटवल उच्च अदालतमा

काठमाडौं । पूर्वगृह मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी प्रकरणमा आफ्नो रु करोड धरौटी खारेजीको माग गर्दै बुटवलको उच्च अदालत गएका छन् ।

रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा आफूसँग मागएिको रु एक करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै सभापति लामिछाने सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् ।

बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछानेले दिएको निवेदन दर्ता भइसकेको उच्च अदालत बुटवलले जनाएको छ । लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले रु एक करोड धरौटीमा छाड्न आदेश गरेको थियो ।

त्यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख र चितवनको साहारा चितवन सहकारी प्रकरणमा ५४ लाख धरौटीमा छाड्न गर्न आदेश दिएको थियो । हाल सभापति लामिछानेको सहकारी ठगी प्रकरणको मुद्दा विचाराधिन छ ।

प्रतिक्रिया