काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । पूर्वराजा शाह आइतबार पोखराबाट अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।
विमानस्थलको द्वारमा उनका समर्थकहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नाराबाजी गर्दै स्वागत गरेका छन् । पूर्वराजा शाहलाई स्वागत गर्न दिउँसोदेखि नै राजावादी विभिन्न स्थानमा भेला भएर र्यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए ।
विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजा शाहले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए । समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलबाहिर समर्थकहरुले स्वागत गरेका थिए ।
उनलाई स्वागत गर्न कमल थापासहित नेताहरू पनि सहभागी छन् । आइतबार दिनभरी नै राजा आउने भन्दै राजावादीहरुले काठमाडौंमा प्रदर्शन गरेका थिए भने प्रहरीले पनि सुरक्षामा कडाई गरेको थियो ।
प्रतिक्रिया