कुलमानको कारबाहीबारे संसदमा जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कारबाहीबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले घिसिङको कारबाहीबारे संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् । विपक्षीले गरेको माग अनुसार सभामुख घिमिरेले यस्तो निर्देशन दिए ।

संसद् बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही र रास्वपाका सांसद मनीष झाले यसबारे सरकारको जवाफ माग गर्दै रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए ।

‘आजको बैठकमा सबै प्रतिपक्षीले राखेको विषय, अन्य माननीयहरूले शून्य, विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा ‍२०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु, साथै सभालाई जानकारी गराउन निर्देश गराउँछु’, सभामुख घिमिरेले भने ।

प्रतिक्रिया