स्वास्थ्यकर्मी महासंघ कालीकोटको अध्यक्षत देवकोटा

कालिकोट । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कालिकोटको अध्यक्षमा हेमराज देवकोटा सर्वसम्वत निर्वाचित भएका छन् । जिल्लाको स्वास्थ्य क्षेत्रका धरोहर, अनुभवी स्वास्थ्यकर्मी हेमराज देवकोटा महासंघको चौथो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन । उनी लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गदै आएका छन् ।

अधिवेशनले देवकोटासहित १८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष ईश्वर शाही, बिन्दा कुमारी शाही, सचिवमा रामबहादुर बोगटी, कोषाध्यक्षमा बविता बटाला र उप सचिवमा मिनबहादुर विष्ट चयन भएका छन् ।

अध्यक्षमा निर्वाचित देवकोटाले कालीकोट जिल्लाको मात्र नभइ सिंगो देशका नागरिकको स्वास्थ्य अवस्था बारे सम्पूर्ण स्वास्थ्यकर्मी आ–आफ्नो ठाउँबाट लाग्न पर्ने बताएका छन् । स्वास्थ्य नै ठूलो धन हो भन्ने देशब्यापी नारा भएपनि नागरिकको हितका लागि हरेक तह र तप्काबाट स्वास्थ्यकर्मी खटिनुपर्नेमा उनले जोड दिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया