संखुवासभाको खाँदबारीमा हराएकी एक महिलाको शव फेला

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलको शव फेला परेको हो ।

आज बिहान ५ बजे ३० वर्षीया पोख्रेलको शव घरभन्दा पाँच सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । उनी शुक्रबार बेलुकी ८ बजेदेखि हराएकी थिइन् ।

प्रहरीका अनुसार पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ ।

प्रतिक्रिया