बैदेशिक नीतिबाट निर्दिष्ट छौं : अध्यक्ष रेग्मी

Khilraj-Regmiकाभ्रे, १२ चैत । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले राष्ट्रसंघको बडापत्रप्रति नेपालको पूर्ण सम्मान रहेको बताए ।
उनले राष्ट्र संघले विश्व शान्ति र सुरक्षार्थ लिने जुनसुकै कार्यमा नेपालले सदैब समर्थन र साथ दिंदै आएको उल्लेख गरे । काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आज ‘शान्ति प्रयास–२’ कार्यक्रमको उद्घाटनमा उनले नेपालको बैदेशिक नीति र संयुक्त राष्ट्रसंघको बडापत्रले निर्दिष्ट गरेको सिद्धान्त अनुसार अगाडि बढ्ने बताए ।
‘पञ्चशीलका सिद्धान्त र दक्षिण एसियाली सहयोग संगठन (सार्क)ले प्रतिपादन गरेका सिद्धान्तबाट पनि निर्देशित छौं,’ उनले भने ।
प्रधानसेनापति गौरव शम्शेर जबराले १३ वर्ष अगाडी ४ राष्ट्रहरुको सहभागितामा नेपालबाटै सुरु भएको अभ्यासमा २३ राष्ट्रको सहभागिता रहेको भन्दै खुसी व्यक्त गरे । उनले अभ्यासको सान्दर्भिकतालाई अझ उजागर गरेको बताए ।
अन्तर्राष्ट्रिय वातावरणमा बदलिएको द्वन्द्वको प्रकृति अनुसार शान्ति सेनाले बहन गर्नुपर्ने जटिल र संवेदनशिल विषय शान्ति बाध्यकरण अप्रेशन, शान्तिपूर्ण स्थितिको निर्माण, प्रहरी सेवाको कार्य, सुरक्षा संयन्त्रको पुनःर्निमाण, बारुदी सुरुङ्गको निष्कृयकरण, परम्परागत न्याय, निर्वाचनमा सहयोग र बैधानिक शासन स्थापना जस्ता विविध विषयमा अभ्यास हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
अभ्यासमा नेपालका साथै बंगलादेश, श्रीलंका, मलेसिया, कम्बोडिया, ईन्डोनेसिया, जापान, मंगोलिया, फिलिपिन्स, रुवाण्डा, थाईल्याण्ड, घाना, जोर्डन, काजकिस्तान, ताजकिस्तान, पाराग्वे, अष्ट्रेलिया, क्यानाडा, भारत, दक्षिण कोरिया, बेलायत, भियतनाम र अमेरिकासहित २३ राष्ट्रहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया