ठूलो परिणाममा लागुऔषध बरामत

भैरहवा, ११ चैत । भारतबाट ठूलो परिणाममा लागुऔषध  नेपाल ल्याउदै गरेका एक साईकल यात्रीलाई भैरहवामा प्रहरीले पक्राउ गरेको छ ।
सिद्धार्थनगर नगरपालीका ३ खजहना निवासी २७ बर्षीय राजेश लोनियालाई ठूलो परिणाममा साईकलबाट लागुऔषध नेपाल ल्याईरहेको अवस्थामा भैरहवा प्रहरीले पक्राउ गरेको हो ।
दुई दुई एमएल को झोल सहित डाइजोपाम ११ सय थान, फेनारागन ९ सय थान, नफिन ६ सय थान, लुपिनेसीक ३ सय थान साइकलमा लुकाएर सीमावर्ति भारतीय बजार सुनौलीबाट भैरहवा ल्याउदै गर्दा आखा अस्पताल भैरहवा नजिक लोनियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामत गरिएको लागुऔषधको मूल्य झण्डै पन्ध्र लाख रहेको छ । सीमावर्ति बजारमा लागु औषध प्रयोगकर्ताले प्रति डोज झण्डै पाच सय देखी पन्ध्र सयमा खरिद गर्ने गर्दछन् भने काठमाण्डौ, पोखरा, धरानमा यसको मूल्य प्रति डोज तिन हजार भन्दा माथि रहने गरेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया