पार्टी टुक्र्याउने र भत्काउने खुद्रे कुराहरु यो सरकारको मेन्युमा छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरु यो सरकारको मेन्युमा नरहेको बताएका छन् ।

आजबाट सुरु भएको संघीय संसद्, प्रतिनिधिसभाको पाँचौ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुक्क हुन आग्रह गर्दै कांग्रेस एमालेसहितको यति बलियो सरकारको प्राथमकिता त्यस्तो हुन नसक्ने बताएका हुन् ।

सरकार ढल्यो भनेर समय खेर नफाल्न आग्रह गर्दै उनले भने, ‘विपक्षमा रहेका साथीहरुले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फाले जस्तो लागिरहेको छ, ‘सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघे संक्रान्ति काट्दैन, आदि इत्यादि, यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौँ ।’

बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे पनि जानकारी गराए ।

प्रतिक्रिया