सांसद पद निलम्बन फुकुवाको निवेदन लिएर रवि पुगे सभामुख घिमिरेलाई भेट्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने निलम्बन फुकुवाको निवेदन लिएर संसद सचिवालयमा पुगेका छन् । निलम्बित सांसद एवं रास्वपाका सभापति लामिछाने शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग निलम्बन फुकुवाको विषयमा भेटवार्ता गरेका छन् ।

सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि निलम्बनमा परेका लामिछानेले आज शुक्रबार सिंहदरबार पुगेर सभामुख घिमिरेसँग भेट गरेका हुन् । लामिछानेको पार्टीले निलम्बन गर्नै नपर्ने विषयमा निलम्बन गरेको दाबी गर्दै उक्त निलम्बन हटाउनुपर्ने माग राख्दै आइरहेको छ ।

सोही विषयमा प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु हुनुअघि घिमिरे र लामिछानेबीच छलफल भएको हो । सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो ।

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरू हुँदै छ । संसद अधिवेशन सुरू अुनुभन्दा अगाडि नै लामिछाने सभामुख घिमिरेलाई भेट्न सिंहदरबारमा गएका हुन् ।

प्रतिक्रिया