फिदिम नगरपालिकाले मृत्यु संस्कार खर्च दिने

पाँचथर । फिदिम नगरपालिकाले मृत्यु भएकाहरूकाे परिवारलाई १० हजार रुपैयाँ मृत्यु संस्कार खर्च दिने घोषणा गरेको छ । नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने घरपरिवारका सदस्यको दुर्घटना वा कालगतिले मृत्यु भए निजको परिवारको सदस्य वा हकवालालाई काजकिरिया अवधिमै प्रतिमृतक १० हजार रुपैयाँ मृत्यु संस्कार (किरिया) खर्च उपलब्ध गराउन लागेको हो ।

सो निर्णय कार्यपालिका बैठकले पारित गरेको हो । कार्यपालिकाले विपन्नसँग नगरप्रमुख कार्यक्रम सम्बन्धी मापदण्ड २०८१ स्वीकृत गरेको छ ।

अब नगरपालिकाले मृतकका परिवारलाई काजक्रिया खर्च उपलब्ध गराउने छ । मृत्यु संस्कार खर्च १० हजारका दरले दिइने र स्वास्थ्य सम्बन्धि सेवाहरु प्रदान गरिने नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

नगरले विपन्नताको मापदण्ड अनुसार एम्बुलेन्स सेवा, गर्भवती महिला, अपाङ्गता परिचयपत्र, विभिन्न स्वास्थ्य सेवा प्रवाह गर्ने समेत कार्यान्वयन हुने जनाएको छ ।

त्यस्तै नगरभित्र कला संस्कृति,मेला तथा खेलकुदका लागि आर्थिक सहयोग गर्दा स्वतः प्रबन्धक र मुख्य प्रबन्धक हुने सर्त राखेर सहयोग गर्ने निर्णय भएको नगरपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया