सर्लाही । मधेशी जनताकाे त्याग र बलिदानकाे बलमा स्थापित संघीयतालाई समाप्त पार्ने षडयन्त्र भइरहेको पूर्व कृषि मन्त्री एवं जसपा नेपालका कार्यकारिणी सदस्य हरि नारायण यादवले बताएका छन् ।
बुधबार मलंगवामा जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति सर्लाहीद्वारा आयोजित विस्तारित बैठकलाई सम्बाेधन गर्दै पूर्व मन्त्री यादवले भने, मधेशी, आदिवासी, जनजाती तथा उत्पीडित जनतालाई संघीयता आवश्यक रहेकाेले शासक वर्ग यसलाई समाप्त पार्न विभिन्न खाले षडयन्त्र गरिरहेकाेले यसप्रति सबैलाई सचेत रहन उनले आग्रह समेत गरेका थिए ।
बैठकमा जसपा नेपालका प्रदेश अध्यक्ष बाल किशाेर यादवले, मुलुकमा नवितम साेचका साथ परिवर्तनका प्रमुख संवाहकका रूपमा जसपा नेपाल रहेकाे बताउदै अझै मुलुक विभिन्न साधन श्राेतमा जनजातिकाे पहुँच रहेता पनि सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेकाे उनले बताए । मधेशी जनताले आन्दोलनकै बलमा आफनाे पहिचान स्थापित गर्न सफल रहेकाे र अहिले पनि मधेशी जनतामाथी विभिन्न किसिमकाे विभेद कायमै रहेकाले सो विभेदलाई अन्त्य गर्नका निम्ति अझ सशक्तरूपमा संगठन निमार्णमा जुटन उपस्थित नेता तथा कार्यकर्तालाई उनले आग्रह गरेका हुन् ।
बैठकमा जिल्ला अध्यक्ष बिरेन्द्र रायले, जनतासंग जसपा नेपाल: आधारभूत संगठन निर्माण अभियान सोचेजस्तो हुन नसकेकाे स्विकार गर्दै अझ सशक्त रूपले अगाडी बढाउनु पर्नेमा उनले जाेड दिए । हालसम्म जम्मा दसवटा पालिकामा मात्र अभियान सञ्चालन गर्न सकेकाे बताउदै उनले भने पार्टीले सर्लाहीमा मात्रै तीस हजार सदस्य बनाउनु पर्ने लक्ष्य लिएकाे बताए ।
वडा सम्मेलन समयमै सफलता पुर्वक सम्पन्न गर्न तदारूकताका साथ अगाडी बढनु पर्ने र माघ मसान्तसम्ममा लिएकाे सदस्यता विवरण प्रदेश कमिटीमा बुझाउनु पर्ने अध्यक्ष रायले जानकारी गराए । साथै पहिल्यै सदस्यता लिएका संगठित सदस्यहरूकाे नबिकरण गरि साेकाे विवरण फाल्गुन १५ गतेसम्म प्रदेश कमिटिमा पठाई चैत्र १ गतेदेखि १२ गतेसम्म वडा अधिवेशन गरीसक्नु पर्ने जानकारी गराएका छन् । चैत्र १४ गतेदेखि २१ गते भित्र पालिका अधिवेशन गरिसक्नु पर्ने र चैत्र मसान्त सम्म सम्पुर्ण भातृ संगठन तथा जनवर्गीय संगठनकाे अधिबेशन गरिसकनु पर्ने समेत उनले बताए ।
बैठकले माघ ५ गते भव्यताका साथ सहिद दिवस मनाउने निर्णय गरेको छ ।
मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघकाे निर्वाचनबाट केन्द्रिय परिषद् सदस्य (सभासद) पदमा निर्वाचित सत्य प्रकाश यादव तथा जिल्ला उपाध्यक्ष (महिला) पदमा निर्वाचित बन्दना झालाई जिल्ला अध्यक्ष बिरेन्द्र रायले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रमको सहजीकरण जसपा नेपाल जिल्ला कार्यसमिति सर्लाहीका सचीव रंधिर यादवले गरेका थिए । भने स्वागत मन्तव्य पार्टीका नेता मुकेश पण्डितले राखेका थिए ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य एवं पुर्व सांसद प्रमाेद साह, केन्द्रीय सदस्य एवं पुर्व सांसद किरण देवी, केन्द्रिय सदस्य सुनैना देवी र आरति झा, केन्द्रीय प्रचार प्रसार बिभाग सदस्य तथा प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनाेज यादव, प्रदेश सदस्य बिजय यादव लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।
प्रतिक्रिया