एमाले नेता झाद्धारा पार्टी परित्याग

Ramchandra_Jhaकाठमाडौं, ८ चैत । नेकपा एमालेका पोलिट्व्यूरो सदस्य रामचन्द्र झाले पार्टी परित्याग गरेका छन् ।
आज बिहान १० बजे जनकपुरबाट फ्याक्समार्फत पार्टी कार्यालयमा राजीनामापत्र पठाएर झाले एमाले परित्याग गरेका हुन् ।
लामो समय कम्युनिष्ट आन्दोलनमा बितेकाले एमाले परित्याग गरेपनि कम्प्युनिष्ट विचारभन्दा बाहिर भने आफु नरहने झाले स्पष्ट पारेका छन् । राज्यको पुनर्सरचना र संघीयताका बिषयमा संसदीय समितिले गरेको निर्णय विपरीत पार्टी गएको, संविधान सभा पुनस्र्थापनामार्फत विगतमा गरेको त्रुटी सच्याउनुका साटो फेरी अर्काे निर्वाचनको बाटो रोजेको भन्दै झाले पार्टीप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । पार्टी कार्यालयमा पठाएको राजीनामा पत्रमा उनले भनेका छन्, ‘मेरो संयोकत्वमा रहेको समितिले संघीयताका बारेमा गरेको निर्णय विपरीत पार्टी अगाडि बढेकाले मेरो अगाडि राजनीतिक नैतिकताका प्रश्न उठेको छ । पार्टीले अस्वीकार गरेपनि समितिले गरेको निर्णयप्रति मेरो स्वामित्व रहेकाले म पछाडि हट्न सक्दैन ।’
पार्टी राजनीतिक र संगठनात्मक रुपमा कमजोर बन्दै गएको र पार्टीभित्र ठेकेदार, दलाल र आर्थिक चलखेलमा संलग्नहरुलाई महत्व दिन थालिएको आरोप झाको छ । पार्टीभित्र ईमान्दार र असल कार्यकर्तालाई पन्छाएर आफुलाई मनपर्ने कार्यकर्तालाई जिम्मेवारी दिने नेतृत्वको व्यबहारले सधैं संगै जान सकिने अवस्था नरहेकाले कठोर निर्णय लिन बाध्य भएको झाले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया