‘ममीको म त यसै नक्कली’ बोलको गीत सार्वजनिक

काठमाडौं । यही माघ २५ गतेदेखि प्रदर्शनमा आउन लागेको हरर फ्यामिली ड्रामा चलचित्र ‘ममीको म त यसै नक्कली’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा शब्द हर्क साउदको रहेको छ भने स्वर गायिका समिक्षा अधिकारी र बिग्यानी पराजुलीको रहेको छ् । त्यस्तै संगीत एसडी योगीले भरेका छन् । माघ २५ गते रिलिज हुने सिनेमामा प्रियंका कार्की, दीया मास्के तथा सुलक्षण भारती प्रमुख भूमिकामा रहेका छन् ।

सिनेमामा उनीहरुका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ । सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ ।

समर डेब्यू निर्देशक हुन् । सिनेमाका निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले संयुक्तरुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पार्श्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपी रंग संयोजनमा दिपेश चौधरीतथा संगीतकारमा एसडी योगी रहेका छन् । सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दै छन् ।

प्रतिक्रिया