काठमाडौं । बालगायक सचिन परियारको मृत्यु भएको छ । उनको उपचारको क्रममा बिहीबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
बालगायक सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो ।
यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए । यसअघि टिभी कार्यक्रम ‘इन्द्रेणी’मा पुगेका उनी राम्रोसँग बोल्न सक्ने अवस्थामा थिएनन् ।
प्रतिक्रिया