‘सिकन्दर’को टिजर मिति सर्यो

मुम्बई । भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निधनले बलिउड पनि शोकमा परेको छ । सलमान खानको ५९औँ जन्मदिनको अवसरमा नयाँ फिल्म ‘सिकन्दर’को टिजर रिलिज हुन लागेको थियो । सिंहको निधनले मिति अचानक सरेको जानकारी दिइएको छ । पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनका कारण अब यो टिजर २८ डिसेम्बर बिहान ११ः०७ बजे रिलिज हुने भएको छ ।

सिकिन्दरका निर्माता साजिद नाडियाडवालाले सामाजिक सञ्जालमार्फत ट्रेलरको मिति पोस्टपेन्ड भएको घोषणा गरेका हुन् । जुन ट्रेलर लन्च गरिने भनिएको थियो ।

प्रतिक्रिया