सीमाविद् श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड’

काठमाडौं । बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले नेपालका सीमाविद् वुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको छ ।

नेपालको नापी विभागको महानिर्देशकबाट अवकाश लिएपछि पनि श्रेष्ठले सीमा अध्ययनलाई निन्तरता दिएका छन् । सीमा व्यवस्थापन बारे उनका १४ वटा पुस्तक प्रकाशित छन् ।
पुरस्कार प्रदान गरिएको विषयलाई प्रकाश पार्दै आइब्रुका निर्देशक फिलिप स्टाइनबर्गले भनेका छन् ‘बुद्धि नारायण श्रेष्ठले आफ्नो देशप्रति समर्पित गर्ने चाहनाका साथसाथै शान्ति र स्थिरता ल्याउनका लागि सीमा क्षेत्रमा आफूलाई समर्पित गर्न रोजेका छन् । उनले नेपालको सीमाको बारे अध्ययन गरेर महत्वपूर्ण योगदान दिएका छन्, हामी उनलाई माइलफस्की अवार्डले सम्मानित गर्न पाउँदा गर्व गर्दछौँ ।’

प्रतिक्रिया