सञ्चारकर्मी शरण हुमागाईंको ‘मेरो माया बुझेनन् कसैले’

काठमाडौं । गायक एवं सञ्चारकर्मी शरण हुमागाईंको ‘मेरो माया बुझेनन् कसैले’ बोलको गीत ल्याएका छन् । उक्त गीतको भिडियो युट्युमार्फत सार्वजनिक गरिएकोहो ।

लामो समयदेखि सञ्चारकर्म र सांगीतिक क्षेत्रमा सक्रिय रहेका लोक तथा दोहोरी गायक शरण हुमागाईं पछिल्लो समय कारुणिक गीत ‘मेरो माया बुझेनन् कसैले’ को भिडियो ल्याएका हुन् । गायक हुमागाईंका यस अघि करिव तीन दर्जन गीत बजारमा आइसकेका छन् ।

गायन, गीत लेखन, निर्देशन र पछिल्लो समय अभिनयमा पनि सक्रिय रहेका हुमागाईका यस अघिका सृजना पनि श्रोता दर्शकको रोजाई पर्ने गरेका छन् । पछिल्लो समय बजारमा आएको ‘मेरो माया बुझेनन् कसैले’ गीतमा विगतका यादहरु र आफ्ना भन्नेहरु र भगवानले समेत बुझ्न नसकेका पीडा समेटिएको उनले बताए ।

वियोगान्त प्रेम भावमा तयार भएको गीतमा शरण हुमागाईं र गीतादेवीको सुमधुर स्वर सुन्न सकिन्छ । विष्णु तामाङको संगीत संयोजनमा तयार भएको यो गीतमा विष्णु तामाङको लय र शरण हुमागाईंको शब्द रहेको छ । शंकरा डिजिटल रेकडिङ स्टुडियोमा सागर पुनले रेकर्ड गरेको यो गीतलाई कुमार सानु पुनले अडियो मिक्सिङ मास्टरिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा पनि गीतको भाव अनुसार देखाउन निकै नै मिहिनेत गरेको हुमागाईंले बताए । विष्णु तामाङको पटकथामा समिर थोकरले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियो सुशिल डाँगीले खिचेका हुन् ।

जीवन पासाको श्रृंगार र सुशिल डाँगीको सम्पादनमा तयार भएको यो गीतमा गायक तथा सर्जक स्वयम् शरण हुमागाईं, जीतबहादुर खड्का र आयुष्मा कार्कीको अभिनय रहेको छ ।

शरण हुमागाईं युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ । यस गीतका गायक हुमागाईं राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रीय कोषाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया