काठमाडौँ । अमेरिकाको विभिन्न सहरमा विभिन्न विधाका नेपाली कलाकारहरूले प्रस्तुति दिने भएका छन् । ‘अब नाँच्छ अमेरिका–२’, ‘अब हाँस्छ अमेरिका–२’ र ‘अब सुन्छ अमेरिका’ कार्यक्रमअन्तर्गत नेपाली कलाकारहरूले प्रस्तुति दिने भएका हुन् ।
आयोजक संस्था फ्लाइ नेपालले आइतबार बत्तीसपुतलीमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो । ‘अब नाँच्छ अमेरिका–२’ अन्तर्गत गायक बद्री पंगेनी, प्रताप दास, गायिका कला लम्साल, एलिना चौहानले सांगीतक प्रस्तुति दिने तय भएको आयोजक फ्लाइ नेपाका अध्यक्ष विनोद अधिकारीले दिए । ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलले आफ्नो प्रस्तुति दिनेछन् । यस्तै, ‘अब हाँस्छ अमेरिका–२’ मा मिस पबी, पवन खतिवडा र सुजीता श्रेष्ठ लगायतले प्रस्तुति दिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार आगामी फेब्रुअरीमा अमेरिकाको न्युयोर्क, वासिंगटन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया लगायतका सहरमा कार्यक्रम हुनेछ ।
फ्लाइ नेपाका अध्यक्ष अधिकारीका अनुसार नेपाली कला तथा संस्कृतिलाई प्रवद्र्धन गर्न यो कार्यक्रमको आयोजनका गरिएको हो । उनले भने, ‘यस अगाडि गरिएको कार्यक्रमले हामीलाई हौसला मिलेको हो । हामी यसलाई अझै सभ्य र भव्य रूपमा गर्ने तयारीमा छौँ ।’ न्युयोर्क, वासिंगटन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया लगायतका सहरमा कार्यक्रम हुनेछ ।
प्रतिक्रिया