दिपक रमणको आवाजमा ‘याकन जित व्या याना व्यु’

काठमाडौं । दिपक रमणको आवाजमा ‘याकन जित व्या याना व्यु’ को भिडियो सार्वजनिक भएको छ ।

गायक, संगीतकारको रुपमा पहिचान बनाउँदै आधा दर्जन चलचित्र निर्माण गरिसकेका निर्माता रमणको आवाज रहेको गीतमा कृष्ण महर्जनको संगीत तथा दिपक रमणको निर्देशनमा उक्त भिडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रोमान्टिक, हाँस्य नेवारी सो गीत ‘याकन जित व्या याना व्यु’ को म्युजिक भिडियो डिआरएस इन्टरटेन्मेन्ट च्यानलबाट सार्वजनिक भएको गायक रमणले बताए ।

ओमः नमो शिवाय फिल्मस्को व्यानरमा निर्मित भिडियोमा दिपक रमण, सरु महर्जन, पूर्ण प्रधान, गायत्री शर्मा, सूर्यमान श्रेष्ठ, सुविना श्रेष्ठ, शर्मिला मानन्धर, रेनु श्रेष्ठ, बिरमायाँ महर्जन, निलिमा कार्की उर्जल महर्जन, दिनेश महर्जनको अभिनय छ भने विरेन्द्र भट्टले खिचेको हुन् ।

प्रतिक्रिया