काठमाडौं । प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । गलबन्दी म्युजिक प्रालिद्वारा आयोजित सो ‘प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्डअन्तगर्त उत्कृष्ट पाँच मनोयन बुधबार सार्वजनिक भएको हो ।
बुधबार प्रालिकै कार्यालमा भएको उत्कृष्ट पाँच मनोनयन सार्वजानिक गरिएको गलबन्दी फिल्मसका अध्यक्ष साजन कुवँरले जानकारी दिए । कार्यक्रममा विभिन्न ४४ विधाहरुमा उत्कृष्ट पाँच मनोनयन सार्वजानिक गरिएको उनको भनाई छ ।
अवार्ड कार्यक्रमको निर्णायकमा वरिष्ठ संगीतकार राजु सिंह, संगीतकार बीबी अनुरागी, लोक गायक राजु परियारको उपस्थितिमा मनोनयन कार्यक्रम सम्पन्न भएको आयोजक कुवँरले बताए ।
उत्कृष्ट पाँच मनोनयन गायक गायिकाहरुमा सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत थानेश्वर गौतम (मुटुभित्र नेपाल), जेनिशा गौतम (बिरताको देश), मनमाया पंगेनी (स्वर्ग जस्तो यो धर्तीलाई), शिशिर योगी (भ्रष्टचारको चपेटामा देश) र सुमित खड्का (कता छ स्वर्ग) रहेका छन् ।
त्यसैगरी सर्वोत्कृष्ट लोकदोहोरी गीत र गायकहरुमा खेम सेञ्चुरी (तल्लो बाटो) सुमन परियार (राम सिता), चेतन गोतमे (हाँसेको फोटो), श्याम राना (बज्यो साढे ९) र अर्जुन सापकोटा (बस्यौ अलक्कै) बाट रहेको अध्यक्ष कुवँरले बताए । त्यसैगरी सर्वोत्कृष्ट लोकदोहोर गायिका र गीतमा शान्ति श्री परियार (गोर्खे खुकुरी), शान्ता रानी परियार (ढलेँ ढलेँ), रुचा पुन मगर (साईली), देवी आले (जाले रुमाल मायालाई बैना) र सुनिता बुढा क्षेत्री, रहरले (हैन मायालु) बोलको गीतबाट रहेका छन् ।
सर्वोत्कृष्ट लय सिर्जनाबाट नन्दु परियार (जान्छौ र माईली), अनिस दवाडी (तिम्रो त यो दुनिया छ), पुरुषोत्तम गैह्रे (ए झम्), यज्ञ सापकाटो (चर्को लाग्यो घाम) र डोलराज परियार (गल्कोटमा घुम्टेको लेक) बाट रहेका छन् । सर्वोत्कृष्ट लोकदोहोरी शब्द सिर्जनाबाट नेत्र अर्याल (रहरले हैन मायालु), प्रसाद लामिछाने (लेकमा गुराँस), तेजस रेग्मी (चन्द्र कुमारी), मञ्जित पहाडी (आँशु बिक्ने शहर छैन) र बिक्रम बाबु विश्वकर्मा (नन्दनी) बाट छन् ।
त्यसैगरी सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुषतर्फ देवेन्द्र बब्लु (तिम्रो त यो दुनियाँ छ), शिशिर पौडेल (ओ जाम हिन), अभिषेक खड्का, (गोर्खे खुकुरी), रमेश थापा (घर त गैरी गाउँ) र टिका भुजेल (सतुर हँसायौ) गीतबाट छन् ।
सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिलामा जुना विश्कर्मा, ढलेँ ढलेँ), अञ्जली अधिकारी (गाई खाने), जुना गुरुङ (युके बस्ने माया), अस्मिता रनपाल (बिजुलीको तार) र आयुष्मा कार्की (मेरो आश मेटेर) बाट रहेका छन् । सर्वोत्कृष्ट लोकदोहोरी एरेन्जरमा सुनिल परियार (बम्बै जाने रेलैमा), सुदिप सागर (मुटु कटक्कै) श्याम श्वेत रसाईली (कश्मिरे पछ्यौरी), पुर्ण संयोग (रुँदै हिन भन्दी) र यम थापा मगर सान्नानी) गीतबाट छन् ।
त्यस्तै सर्वोत्कृष्ट लोकदोहरी नव गायकमा शितल गुरुङ (युके लण्डनको), सिद्धार्थ आले (मनैमा हजुर), विवेक धिताल (सुन्दर बजार कटेसी कुन्छा), गोविन्द पौडेल (मुना मदन) र शालिकराम पौडेल (झल्को आएर) बाट छन् । सर्वोत्कृष्ट लोकदाहोरी नवगायिकामा अञ्जु विश्कर्मा (फूल केशरी) भावना मगर (आँशु बिक्ने शहर छैन), शर्मिला तामाङ (पिपल निकी थापा (मुटु काट्यो) र मेनुका सोनी (कुरा सिधा हो) बाट रहेका छन् ।
सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायकमा यानप्रसाद न्यौपाने, प्रेम अर्याल, रेशम निर्दोष, चिज गुरुङ र नवराज काप्री रहेका छन् । त्यसैगरी सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिकामा ईब्शल सन्ज्याल, अस्मिता डल्लाकोटी, आशा बिसी, मञ्जु विक र राशी रिजाल छन् । सर्वोत्कृष्ट लोकदोहोरी गीत र नवमोडल पुरुषतर्फ अनिल पौडेल (माया आउने बस), रायन बस्याल (घामको झुल्को), प्रभातपल ठकुरी (कन्या राशी), कुमार सुनिल (रातो भाले) र भुपेन्द्र घर्ती मगर (नसोध हालखबर) बाट छन् ।
सर्वोत्कृष्ट लोकदोहोरी गीत र नवमोडल महिलामा करिश्मा शाही, (फूल रसैले), निहारिका थापा (तिम्रो नया जिन्दगी), कोमल नेपाली (फूल रसैको), उत्साह घिमिरे (पोखरामा साईली) र धनिमाला बुढा मगर (ऐना टल्केको) बाट छन् ।सर्वोत्कृष्ट नव सर्जकमा अनिल चन्द (कसम माया), विजय क्षेत्री (नौजाले), रिया भट्टराई, (माया तिमी बिना), सिताराम भुसाल (तिम्रै आँगनमा) र प्रेम बिरही थापा (चोखो माया) बाट छन् ।
सर्वोत्कृष्ट लोकदोहोरी भिडियो निर्देशक र गीतमा विशाल घिमिरे (तिम्रो त यो दुनिया छ), दिपेन्द्र तिमिल्सिना (घर त गैरी गाउँ), जेरी भण्डारी (बाडुल्की लाउँदैन किन), मदन खड्का (तिम्रो नया जिन्दगी) र राजेश भण्डारी (बज्यो साढे ९) बाट रहेका छन् । त्यस्तै सर्वोत्कृष्ट लोकदोहोरी गीत र नृत्य निर्देशकमा मौसम हिमाली (कश्मिरे पछ्यौरी), सुनिल क्षेत्री (हेर त ऐनामा), गम्भीर विष्ट (ए केटा), स्मृति तिमिल्सिना (सै लाहुरे) र प्रशान्त मगर )ढलेँ ढलेँ) बाट छन् ।
सर्वोत्कृष्ट लोकदोहोरी छायांकारमा नवराज उप्रेती (ढलेँ ढलेँ), दुर्गा पौडेल (फूल माया), करण चैसिर (तिमी बस्ने शहरैमा), बुद्ध थापा (ए आमा जाम भन्यो मलाई) र सुरेश श्रेष्ठ (रेलै सलल) बाट । सर्वोत्कृष्ट लोकदोहोरी भिडियो सम्पादकमा प्रविन भट्ट (मुटु कटक्कै), सुजन कोईराला (कलियुगको राधकृष्ण), नविन घर्ती मगर (रेशम),
मनोज कार्की (हियारै) र अमृत चापागाई, (ओ जाम हिँड) बाट छन् ।
त्यस्तै सर्वोत्कृष्ट श्रृंगारमा श्याम मल्ल (लम्जुङे ठाडो भाका), बिमला तामाङ (हियारै), सरिता मगर (कश्मिरे पछ्यौरी), रोशन भुसाल (दरम खोला) र मिनाक्षी भट्टराई (देश छोड्ने लर्को) बाट छन् । सर्वोत्कृष्ट ध्वनी सम्पादकमा श्यामश्वेत रसाईली, एचबिएन किस्मत, खड्ग बाजुराली, सुकुराम रसाईली र बिमल छिनाल रहेका छन् ।
सर्वोत्कृष्ट आधुनिक गायकमा पबिन्द्र सुनार, कृष्णसमिप सुवेदी, गोविन्द गुरुङ, राज सिग्देल, प्रमोद खरेल रहेका छन् । सर्वोत्कृष्ट आधुनिक गायिकामा मेलिना राई, अस्मिता अधिकारी, प्रविशा अधिकारी, अञ्जु पन्त र रचना रिमाल मनोनयनमा परेका छन् । त्यसैगरी सर्वोत्कृष्ट आधुनिक संगीतकारमा सुनिल बिसी, नेहर बुढाथोकी, रिषि खड्का, विशाल निरौला, रोशन सिंह छन् ।
सर्वोत्कृष्ट आधुनिक गितकारमा ईन्द्र बहादुर देवकोटा, गिता गिरी, कला सेरेङ, सिएल शर्मा र विश्वराज रसाईली रहेका छन् । सर्वोत्कृष्ट आधुनिक नवगायकमा सुप्रिम मल्ल ठकुरी, मिन विश्कर्मा, नकेन्द्र रोका, नेहर बुढाथोकी र अर्जुन रोकाय छन् । त्यस्तै सर्वोत्कृष्ट आधुनिक नवगायिकामा बेनिशा पौडल, मेलिना मैनाली, पुजा देवकोटा, बेनिशा शंकर र सिम्रन परियार छन् ।
सर्वोत्कृष्ट आधुनिक मोडल पुरुषमा बिमल अधिकारी, मरिचमान श्रेष्ठ, जिवन कुमार ज्ञवाली, बिक्रम बुढाथोकी,
सनम कठायत मनोनयनमा समेटिएका छन् । सर्वोत्कृष्ट आधुनिक मोडल महिलामा अन्जु चौलागाई, पुजन घिमिरे,
केकी अधिकारी, शिल्पा पोखरेल र रोशनी कार्की रहेका छन् । सर्वोत्कृष्ट आधुनिक नवमोडल महिलामा सदिक्षा पाण्डे, अनिमा विश्वकर्मा, स्नेहा जोसी, दिया गिरी र सनसाईन सन्जु छन् ।
सर्वोत्कृष्ट आधुनिक नव मोडल पुरुषतर्फ रमेश विश्वकर्मा, अश्विन विष्ट, प्रभात पल ठकुरी, अंशु वर्मा र दिपेन्द्रराज गिरी रहेका छन् । त्यस्तै सर्वोत्कृष्ट आधुनिक भिडियो निर्देशकमा दिपेन्द्र तिमिल्सीना, बिक्रम चौहान, रामजी लामिछाने, बिकास प्रसाई र बबिता श्रेष्ठ परेका छन् । सर्वोत्कृष्ट आधुनिक भिडियो सम्पादकमा विकास ज्ञवाली, मनोज कार्की, मिलन विश्वकर्मा, दिन्शन शाह र सुजन कोईराला छन् ।
सर्वोत्कृष्ट आधुनिक छायाकांरतर्फ अजय रेग्मी, उत्तम हुमागाई, प्रकाश खड्का, दिनेश पराजुली र राजेश घिमिरे रहेका छन् । सर्वोत्कृष्ट आधुनिक एरेन्जरमा विशाल निरौला, सुदिप सागर, कमल सौराग, रमेश सेञ्चुरी र कृष्ण केसी छन् ।
सर्वोत्कृष्ट चलचित्र गीत रुकुमैकोट –खुश्मा ब्रेकअप–छक्कापञ्जा ५, रैया चाँदीको – पूर्ण बहादुरको सारंगी,
दर्शन गरे –पुजारसार्की, कसम बत्तीको –ज्वाईसावबाट परेका छन् । सर्वोत्कृष्ट चलचित्र गायकमा निशान भट्टराई, आशिष अविरल, प्रकाश सपुत, एस डि योगी र बाबुल गिरी परेका छन् ।
त्यस्तै सर्वोत्कृष्ट चलचित्र गायिकामा समिक्षा अधिकारी, मेलिना राई, शान्ति श्री परियार, अस्मिता अधिकारी र बेनिशा पौडेल छन् । सर्वोकृष्ट चलचित्र गितकारमा नवराज पन्त, एकनारायण भण्डारी, हर्क साउद, सुरेन्द्र राना र प्रशान्त शिवाकोटी रहेका छन् । सर्वोकृष्ट चलचित्र संगीतकारमा अर्जुन पोख्रेल, करणराज कार्की, एस डि योगी, दिपक शर्मा र प्रशान्त शिवाकोटी छन् ।
त्यसैगरी सर्वोत्कृष्ट चलचित्र नायकमा अनमोल केसी, प्रदिप खड्का, दयाहाङ राई, विजय बराल र विपिन कार्की रहेका छन् । सर्वोत्कृष्ट चलचित्र नायिकामा अञ्जना बराईली, स्वास्तिमा खड्का, वर्षा शिवाकोटी, आचल शर्मा र वर्षा राउत छन् । सर्वोत्कृष्ट चलचित्र निर्देशकमा निश्चल बस्नेत, प्रदिप भट्टराई, रामबाबु गुरुङ, दिपेन्द्र के खनाल र दिपाश्री निरौला रहेका छन् ।
त्यस्तै सर्वोत्कृष्ट चलचित्र छायाकांरतर्फ सुशन प्रजापती, हरि हुमागाई, पुरुषोत्तम प्रधान, महेश पौडेल र कबिर लाल उत्कृष्ट मनोनयनमा परेको गलबन्दी फिल्मस अवार्डका अध्यक्ष साजन कुवँरले जानकारी दिए । ‘कला, संस्कृति हाम्रो पहिचान, संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ग नेपाली कला, भाषा, चलचित्र र सांगीतिक क्षेत्रको विकासका लागि यो अवार्ड कार्यक्रम गर्न लागिएको उनले बताए ।
यो अवार्ड वितरण आगामी माघ महिनामा गरिने कुवँरले जानकारी दिए । सो अवार्ड वितरण समारोहमा कला क्षेत्र र समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने श्रष्टा तथा कलाकर्मीमध्ये एक जनालाई– नगद राशीसहित ‘सामाजिक परिवर्तनकारी श्रष्टा तथा कलाकर्मी सम्मान’, नेपालको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने एक जना पर्वतारोहीलाई ‘गलबन्दी पर्यटन सम्मान’ र नेपाली चलचित्र तथा गीत–संगीत क्षेत्रको प्रवर्धनमा विशेष योगदान पुर्याएका एक सञ्चारकर्मीलाई ‘गलबन्दी रंग पत्रकारिता’ सम्मान प्रदान गरिने अध्यक्ष कुवँरले बताए ।
प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड कार्यक्रम आगामी माघ १२ गते राजधानीमा गरिने र सो कार्यक्रमका लागि सौर्य राष्ट्रिय दैनिक, प्राइम टेलिभिजन, लालीगुराँस डटकम र राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल मिडिया पार्टनरका रुपमा रहेको अध्यक्ष कुवँरले जानकारी दिए ।
प्रतिक्रिया