काठमाडौं । पाँचौं एपिक म्युजीक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । एपिक नेपाली म्युजीक प्रालिको आयोजनामा मध्यपुर थिमी नगरपालिका– २ भक्तपुरमा वितरण गरिने सो अवार्ड २०८१’ को पाँचौं संस्करणको उत्कृष्ट पाँच मनोनयन एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
प्रत्येक वर्ष हुँदै आएको एपिक नेपाल म्युजिक अवार्डमा यस वर्ष ३२ विधामा आवर्ड प्रदान गरिने अवार्ड कार्यक्रमका संयोजक राजेन्द्र पुरीले जानकारी दिए ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका– २ पोखरीमा सम्पन्न हुने उक्त आवर्डलाई विशेष गरी देश भित्रका विभिन्न पुरातात्विक वस्तु, विविध संस्कृति जगेर्ना गर्ने उदेश्यले आयोजना हुँदै आएको अवार्ड कार्यक्रम वितरण मिति चाडै नै एक कार्यक्रमको आयोजना गरी जानकारी गराइने संयोजक पुरीले बताए ।
अवार्डमा नेपाली लोकगीत तर्फका नयाँ तथा पुराना गायक, गायिका, मोडलदेखि निर्देशकहरुलाई पनि समेटिएको उनको भनाई छ । संयोजक पुरीका अनुसार आवर्डमा नेपाली मौलिक भाकाहरुका चलचित्रका गीत साथै काँठे, नेवारी र देउडा गीत गायक, गायिका र मोडललाई पनि समेटिएको छ ।
प्रतिक्रिया