काठमाडौँ । ग्लोरी मिडियाद्वारा आयोजित ग्लोरी किड्स ट्यालेन्ट २०२४ को शीर्ष उपाधि लुब्ना चन्दले जितेकी छन् । आइतबार साँझ राष्ट्रिय नाचघर, जमलमा आयोजित प्रतियोगितामा विजेता चन्दले प्रतियोगिताको शीर्ष उपाधिसहित मस्ट चार्मिङ, वेस्ट पर्सनालिटी र वेस्ट पब्लिक स्पिकरको अवार्डसमेत हात पारिन् ।
प्रतियोगितामा पूर्णिमा तिमल्सिना र बिपिका राई क्रमशः फस्ट रनरअफ र सेकेन्ड रनरअप भए । तिमल्सिनाले मस्ट ट्यालेन्ट एवं मस्ट इन्टेलिजेन्टको र राईले पब्लिक एन्ड पपुलारिटीको अवार्ड हात पारे । विजेता तीनै जनाले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँका साथै आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे ।
प्रतियोगितामा सुप्रिया सुन्दास अर्गनाइजर च्वाइस बनिन् भने अबिना अर्याल मस्ट पपुलर च्वाइस र बेस्ट स्माइल अवार्ड विजेता घोषित भइन् । त्यसैगरी सुवर्ण न्यौपाने भ्युवर्स च्वाइसतर्फको विजेता बने भने साकम्बरी बर्देवा मस्ट क्रियटिभ र बेस्ट वाककी विजेता बनिन् । मोडल दीपक घिमिरे, रक गायक, विनोद ढकाल, नेपाल चेम्बर अफ कमर्सकी निर्देशक सृष्टि त्रिपाठी, मोडल तथा कोरियोग्राफर अश्विनी कोइराला निर्णायकको भूमिकामा थिए । प्रतियोगिताको कोरियोग्राफीमा रोजिन शाक्य रहेका थिए ।
प्रतिक्रिया