काठमाडौं । बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा नेसनल बक्स अफिस टेलिफिल्म–वैवसिरिज अवार्ड २०८१ संस्करण तथा ओपन च्यालेन्ज टेलिफिल्म फुटबल कप सम्पन्न भएको छ । राजधानीमा शुक्रबारदेखि सुरु भएको सो अवार्ड कार्यक्रम शनिबार सम्पन्न भएको आयोजकले जनाएका छन् ।
शनिबार सम्पन्न सो टेलिफिल्म फुटबल कपमा कूल ३४ वटा फुटबल टिमलाई पन्छाउँदै नवदुर्गा फुटबल टिमले ओपन च्यालेन्ज टेलिफिल्म फुटबल कपको उपाधि उचालेको छ । टेलिफिल्म फुटबल कपमा कूल ३४ वटा फुटबल टिमलाई पन्छाउँदै नवदुर्गा फुटबल टिमले ओपन च्यालेन्ज टेलिफिल्म फुटबल कपको उपाधि उचालेको हो ।
झण्डै दुई दर्जन टेलिफिल्मलाई उछिन्दै हाँस्यतर्फ हर्के हवल्दार, सामाजिकतर्फ जुठे सर्वोत्कृष्ट टेलिफिल्म बन्न सफल भएका छन् । त्यसैगरी बजारमा देखिएका एक सयभन्दा धेरै वेवसिरिजलाई उछिन्दै सौतेनी आमा यो वर्षको सर्वोत्कृष्टताको रोजाइमा परेको छ ।
बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ख्यातिप्राप्त कलाकार, निर्माता, निर्देशक, खेलाडी र समाजसेवीहरुको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको हो ।
नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड २०८१ संस्करणको विजेताहरुमा उत्कृष्ट मेकअप निर्मला आचार्य (हल्का रमाईलो), उत्कृष्ट संगीत हिमाल श्रेष्ठ (मिरा), उत्कृष्ट छायांकन घनश्याम पोखरेल (हल्का रमाईलो), उत्कृष्ट सम्पादन रविन भट्ट (जुठे–हल्का रमाइलो), उत्कृष्ट नवनायक नेत्र बिक्रम खड्का (मेरी बास्सै) रहेका छन् । त्यसैगरी उत्कृष्ट नवनायिका रविना श्रेष्ठ (भद्रगोल), उत्कृष्ट खलनायक विनोद सुवेदी (क्षितिज)– (मेरी बास्सै), उत्कृष्ट कथा (पटकथा–संवाद– नेत्र राउत (मेरी बास्सै), उत्कृष्ट वेवसिरिज चरित्र अभिनेता पवन खतिवडा (त्याग), उत्कृष्ट वेवसिरिज अभिनेत्री नविना सिलवाल (खुईली) (फुलमाया), रहेका छन् ।
साथै उत्कृष्ट वेवसिरिज अभिनेता विनोद श्रेष्ठ (मिरा), उत्कृष्ट टेलिचलचित्र अभिनेत्री यसु भट्टराई (भद्रगोल), उत्कृष्ट टेलिचलचित्र चरित्र अभिनेत्री पल्पसा डंगोल (मेरी बास्सै), उत्कृष्ट टेलिचलचित्र चरित्र अभिनेता रामचन्द्र अधिकारी (गोक्ते काजी)– (मेरी बास्सै), उत्कृष्ट वेभसिरिज चरित्र अभिनेत्री सारदा गिरी (भुन्टी), उत्कृष्ट टेलिचलचित्र अभिनेता राजु पौडेल (मास्टर)– (सकस), उत्कृष्ट नव निर्देशक द्रोणप्रसाद पौडेल (ठेउके)– (भद्रगोल), सर्वोत्कृष्ट प्रसारण संस्था– ओम अग्रवाल (ओएसआर डिजिटल), उत्कृष्ट टेलिचलचित्र सामाजिक (जुठे), उत्कृष्ट वेभसिरिज (सौतिनि आमा), उत्कृष्ट हाँस्य टेलिचलचित्र (हल्का रमाईलो) विजेता बन्न बन्न सफल भएको आयोजकले जनाएका छन् ।
त्यसैगरी इन्करेजमेन्ट सम्मानतर्फ अरुणा पछाई (माने दाई), सुरज खनाल (ख्यालठट्टा), सरोज शर्मा (बैना), रमेश अधिकारी (बुहारी), सुनिता भट्टराई (बैना), सर्वकालिन टेलिफिल्म अवार्डतर्फ सर्वकालिन टेलिचलचित्र अभिनेत्री विद्या कार्की, सर्वकालिन टेलिचलचित्र अभिनेता सुरविर पण्डित, सर्वकालिन टेलिफिल्म मार्केटिङ संस्था (मिडिया हब प्रालि), सर्वकालिन टेलिचलचित्र प्रशारण संस्था (नेपाल टेलिभिजन) सम्मानित भएका छन् ।
त्यस्तै ओपन च्यालेन्ज टेलिफिल्म फुटबल कप २०८१ तर्फ फियर प्ले अवार्ड मिला रेकर्डिङ स्टुडियो, फुटबल लबर अवार्ड बुढानिलकण्ठ एफसी, फुटबल इनकरेजमेन्ट अवार्ड टेटे एफसी, फुटबल हर्ट अवार्ड– हट मिलन राई एफसी, फुटसल हर्ट अवार्ड– रोयल नेपाल एफसी, सर्वोत्कृष्ट किपर अवार्ड दिपेश श्रेष्ठ हिमालयन एफसी बने भने बेस्ट खेलाडी अवार्ड अंकित पौडेल नवदुर्गा एफसी बने । उपविजेता हिमालय एफसीले नगद ३५ हजार, ट्रफी, सिल्वर मेडलको प्रमाणपत्र प्राप्त गरे भने बिजेता नवदुर्गा एफसीले नगद ७० हजार, ट्रफी, गोल्ड मेडलको साथ प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतिक्रिया