किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको ऊर्जा केन्द्रहरूमा रूसले कैयौँ राउन्ड हवाई आक्रमण गरेको बताएका छन् । बिहीबार रूसी सेनाले लडाकु विमान र अन्य माध्यमबाट व्यापक गोलाबारी गरेको र यसबाट विद्युत् आपूर्तिमा व्यापक समस्या आएको राष्ट्रपति जेलेन्स्कीले बताएका हुन् । विशेषज्ञहरूका अनुसार किभ र मस्को दुवैले लगभग ३ वर्षको युद्धमा व्यापक शक्तिशाली गोलाबारुदको प्रयोग गरेका छन् ।
जेलेन्स्कीले सामाजिक सञ्जालमा भनेका छन्, ‘धेरै क्षेत्रमा शक्तिशाली विस्फोटक पदार्थ खसालिएको छ भने उनीहरूको हतियारसहितको आक्रमणलाई रेकर्ड गरिएको छ ।’
भिडियोमा उनीहरूले नागरिक पूर्वाधारलाई समेत निशाना बनाएका छन् । युक्रेनले ७९ वटा क्षेप्यास्त्र र ३५ वटा ड्रोन खसालेको उक्त ब्यारेजले १० लाखभन्दा बढी युक्रेनी नागरिकलाई चिसो मौसममा बिजुलीविहीन बनाएको छ ।
सन् २०२२ को फेब्रुअरीमा रूसले युद्ध सुरु गरेयता युक्रेनमा विस्फोटक युद्धसामग्रीले १ हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको वा घाइते भएको ‘क्लस्टर म्युनिसन कोलिसन (सिएमसी)’ ले सेप्टेम्बरमा आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । सन्धिको पक्षराष्ट्र नभएको अर्थात् सन्धिको पक्षमा हस्ताक्षर नगरेको संयुक्त राज्य अमेरिकाले जुलाई २०२३ मा किभलाई ‘क्लस्टर युद्धसामग्री’ हस्तान्तरण गर्न सहमत भएको थियो । यो कदमको रूस र अमरिकाका सहयोगीहरूले समेत आलोचना गरेका थिए ।
प्रतिक्रिया