पाँचथर । ११औँ फाल्गुन नन्द गोल्डकप फुटवल प्रतियोगिताको प्रवर्द्धनको लागि भएको कर्मचारी र पत्रकारबीचको खेलको उपाधि कमर्चारीले जितेका छन् । आगामी पुष ६ देखि १५ सम्म सञ्चालन हुने ११औँ फाल्गुन नन्द गोल्डकपको प्रवर्द्धन गर्न शनिबार पत्रकार र कर्मचारी प्रमुख बीच मैबीपूर्ण फुटबल भएको थियो ।
आयोजक फिदिम स्पोटिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरका अनुसार मैतृपुर्ण खेलमा कर्मचारीले पत्रकारको समुहलाई ५ गोलले पारजित गर्यो । पत्रकार टिमले ० गोलमै चित्त बुझायो । दुबै टिमलाई आयोजकले मायाँको चिनो प्रदान गरेको थियो ।
प्रतिक्रिया