पशु बधशाला निर्माणमा ढिलाइ

काठमाडौ, ११ चैत । सरकारले काठमाडौ उपत्यकाका १३ ठाउमा बनाउने भनिएको पशु बधशाला निर्माण ढिलाइ भएको छ । पशु सेवा विभागबाट प्रस्तावित बधस्थलको स्वीकृतिपत्र नआएपछि निर्माणले गति लिन नसकेको हो ।
पशु बधशाला बनाउने सम्झौता भएका ठाउ मध्ये केही अनुपयुक्त देखिएपछि अर्कै ठाउ छनोट गरिएको र ती ठाउलाई विभागले स्वीकृति दिनुपर्ने भए पनि स्वीकृतिपत्र आइनसकेकाले काममा ढिलाइ भएको महानगरपालिकाले जनाएको छ । महानगरपालिका उपत्यका पशु बधशाला निर्माण समितिको संयोजक र ललितपुर उपमहानगरपालिका, भक्तपुर अनि कीर्तिपुर नगरपालिका सदस्य छन् । विभाग र मासु व्यवसाय उत्थान सहकारी संस्थाको पनि समितिमा प्रतिनिधित्व छ ।
महानगरपालिका, जनस्वास्थ्य तथा सामाजिक विकास विभागका अनुसार सहकारीलाई बधशाला निर्माणका लागि अनुगमनको जिम्मा पाएको समितिले केही ठाउ उचित नभएको भन्दै अर्को ठाउ छनोट गर्न निर्देशन दिएको थियो । निर्देशनपछि सहकारीले अर्को ठाउ तयार पारेर स्वीकृतिका लागि समितिले विभागलाई पत्राचार गरे पनि अझै स्वीकृतिपत्र आएको छैन । विभागको स्वीकृतिपछि मात्र नक्साङ्कनलगायत काम अघि बढ्छ ।
विकास विभागका प्रमुख बाबुराम गौतमका अनुसार बधशाला निर्माणपछि उपभोक्ताले स्वस्थकर मासु खान पाउछन् भने व्यवसायीले अहिलेको जस्तो जथाभावी पशु बध गर्न पाउदैनन् ।
सहकारीसग सरकारले बधशाला निर्माण गर्न गत असारमा सम्झौता गरेको थियो भने पाच करोड सात लाख रुपिया ससर्त अनुदानसमेत दिइसकेको छ । तोकिएका ठाउमा बधशाला निर्माण नभए सरकारले अनुदान फिर्ता लिनेछ । थानकोट, रामघाट, दहचोक, टोखा, पालिफल, जोरपाटी, ठैब, थेचो, लुभु, कमलविनायक र लिभालीमा बधशाला निर्माण गर्न आवश्यक काम भइरहेको महानगरपालिकाले जनाएको छ । ठिमीको भने कुन ठाउमा बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन ।
‘सरकारले पहिलेको प्रस्तावअनुसार सम्झौता गरेको भए पनि पछि अध्ययनका क्रममा केही स्थान परिवर्तन गरियो, त्यही कुरा स्वीकृतिका लागि पठाइएको छ,’ महानगरपालिकाका एक अधिकारीले सौर्यसग भने । ती अधिकारीका अनुसार परिवर्तित ठाउको स्वीकृतिका लागि गत माघमा विभागलाई पत्र पठाइएको थियो ।
विभागले स्वीकृति जनाएपछि आवश्यक काम अघि बढ्ने गौतमले जानकारी दिए । उनका अनुसार सरकारले उपलब्ध गराएको रकम, व्यवसायीले १० प्रतिशत र नगरपालिकाले २० प्रतिशत लगानी गरी बधशाला बनाउने सहमति भइसकेको छ । सहमतिअनुसार ललितपुर उपमहानगरपालिकाले तीनवटा बधशाला बनाउन २० प्रतिशत रकम जम्मा गरेको छ । काठमाडौमा बनाइने ६ वटा बधशालामध्ये तीन वटाका लागि महानगरपालिकाले रकम जम्मा गरिसकेको छ भने कीर्तिपुर र भक्तपुरले अझै रकम जम्मा गरेका छैनन् ।
महानगरपालिकाका अनुसार एक ठाउ“मा बधशाला बनाउन ६५ लाख रुपिया“ खर्च हुन्छ । सबै ठाउ“को बधशाला बनाउ“दा करिब नौ करोड रुपिया“ लाग्छ । यी बधशाला रा“गा काट्न प्रयोग गरिनेछ । उपत्यकामा हाल दैनिक सात सय रा“गा काटिन्छन् ।

प्रतिक्रिया