प्रथम बदालकोट सांस्कृतिक महोत्सव तथा खेलकुद प्रतियोगिता शुरु

कालिकोट । बदालकोट सांस्कृतिक महोत्सव तथा खुल्ला खेलकुद प्रतियोगिता शुरु भएको छ । बदालकोट फुटबल क्लवको आयोजनामा यहि २ गते कार्तिकबाट शुरु भएको खेलकुद प्रतियोगिता कार्तिक ६ सम्म संचालन हुनेछ ।

सांस्कृतिक कार्यक्रमसहित विभिन्न खेलकुद प्रतियोगिताहरु हुनेछन् । राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती हुने बदालकोट फुटबल क्लवका सह सचिव सुशिल शाहीले जानकारी दिए ।

शाहीका अनुसार विभिन्न खेलकुदका कार्यक्रमहरु सहित कलाकारहरुको सम्मान गरिनेछ । सुन्दर तथा रमणीय ठाउँ बदालकोटमा यतिबेला खेलाडी,दर्शक लगाएत अन्यको उपस्थिति बाक्लो रहेको सुशिल शाहीले बताएका छन् ।

खाँडाचक्र नगरपालिका ११ को आर्थिक तथा भौतिक सहयोग, बदालकोट फुटबल क्लवको आयोजनामा सांस्कृतिक कार्यक्रमसहित खेलकुदका कार्यक्रमहरु सञ्चालन भईरहेका छन् ।

खाँडाचक्र नगरपालिका ११ का वडाध्यक्ष देवराज भारतीले नेपाली गित संगितको संरक्षण तथा खेलकुदको विकासका लागि आफ्नो वडाको सदैभ साथ सहयोग रहने बताएका छन् । उनका अनुसार खेलकुद क्षेत्रमा आफ्नो वडा मात्र नभएर स्वयम आफु लागि परेको उनको भनाई छ ।

कार्यक्रमको उद्घाटन बदालकोट फुटबल क्लवका अध्यक्ष विपीन बमको अध्यक्षता ,खाँडाचक्र नगरपालिका वडा नं १ का वडा अध्यक्ष धर्मराज टमटाको प्रमुख आथित्यता तथा खाँडाचक्र नगरपालिका ११ का वडाध्यक्ष देवराज भारतीको विशेष आथित्यतामा कार्यक्रम भएको थियो।

बदालकोट फुटबल क्लबका अध्यक्ष विपीन बमका अनुसार हाल सम्म पुरुष फुटबल तर्पm १२ टिम,पुरुष भलिवल तर्फ ७ टिम रहेका छन् । यसै गरी महिला फुटबल तर्फ २ टिम,महिला भलिबल तर्फ ४ टिमको सहभागिता रहेको बमले बताए ।

पुरुष फुटबल तर्फ प्रथमलाई ९९ हजार ९ सय ९९, द्धितीयलाई ४९ हजार ९ सय ९९ रूपैयाँ पुरस्कार रहेको छ । यसै गरी महिला फुटबल तर्फ प्रथमलाई ३३ हजार ३ सय ३३ र द्धितीयलाई १६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार रहेको छ । यस्तै पुरुष भलिबल तर्फ प्रथमलाई ९९ हजार९ सय ९९, द्धितियलाई ४९ हजार ९ सय ९९ रुपैयाँ रहेको बदालकोट फुटबल क्लवका सह सचिव सुशिल शाहीले जानकारी दिए ।

शाहीका अनुसार महिला भलिबल तर्फ प्रथमलाई ३३ हजार ३ सय ३३ र द्धितियलाई १६ हजार ६ सय ६६ रूपैयाँ पुरस्कार रहेको छ । बदालकोट फुटबल क्लले आयोजना गरेको सांस्कृतिक महोत्सव तथा खुल्ला खेलकुद प्रतियोगितामा खाँडाचक्र नगरपालिका वडा नं।११ ले गायिका शान्ति शाही (चन्द), प्रमिला शाही ,गायक शंक बहादुर शाही र नृत्यकार स्वागत शाहीलाई सम्मान गर्ने वडाध्यक्ष देवराज भारतीले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया